
श्रीपुर । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट श्रीपुरको भवन उद्घाटन गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल न: १ बराह बाहिनी मुख्यालय सुनसरीका डीआईजी कुमार न्याैपानेले बाेर्डर आउट पाेष्ट (BOP) उद्घाटन गर्नुभएको हो ।
यसअघि उक्त स्थानमा सशस्त्र प्रहरीले सुरक्षा वेश क्याम्प मार्फत सेवा प्रवाह गर्दै आएकाे थियाे । BOP स्थापनाकालागि स्थानीय समाजसेवी सविता यादवले १ कट्ठा जग्गा दान गर्नु भएकाे हो ।
४ कट्ठा भने सशस्त्र प्रहरीले खरीद गरेकाे सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जनाएको छ ।
उक्त स्थानकाे जम्मा ५ कट्ठा क्षेत्रफलमा १ कराेड ४६ लाख ७ हजार ८ सय ७५ रूपैयाँकाे लागतमा कार्यालय भवन र ब्यारेक निर्माण गरिएकाे सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीले जनाएकाे छ ।
सुनसरीमा २ वटा प्रस्तावित गुल्म र ९ वटा बिओेेपी (BOP) गरी ९ वटा युनिट रहेका छन ।
उद्घाटन कार्यक्रमलाई सम्बाेधनकाे क्रममा डिआईजी न्याैपानेले सीमा पारपार अपराध र तस्करी नियन्त्रणमा कडाइ साथ खटिन मातहतलाई निर्देशन दिनु भएकाे छ ।
यसरी सोहि कार्यक्रमलाई सम्बोधन गर्दै कोशी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीले आफू निर्वाचित भएदेखि खासगरी सुरक्षा निकायलाई आवश्यकता अनुसार सहयोग गर्दै आएको बताउनुभयो।
उद्घाटन कार्यक्रममा बाहिनीपति प्रहरी नायब महानिरीक्षक न्यौपाने, प्रमुख सहायक जिल्ला अधिकारी र, सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापा र भण्टाबारीका सशस्त्र प्रहरी नायब उपरीक्षक केदार जंग थापा र नेपाली सेनाका ईटहरीका गण पति र राष्ट्रिय अनुसन्धान विभाग र जनप्रतीनिधि र जिल्लाका विभिन्न क्षेत्रमा रहेका इलाका कार्यालयका प्रहरी निरीक्षक, तथा सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो