
सुनसरी जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरीले इनरुवा नगरपालिका ४ बसचौक नजिकबाट विशेष सूचनाका आधारमा दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको छ।
बुधबार साँझ ५ बजे पक्राउ परेकामा रामधुनी–५ का १७ वर्षीय दिप्सन कार्की र इनरुवा–३ का १७ वर्षीय एलिस चौधरी रहेका छन्।
प्रहरीका अनुसार कार्कीको साथबाट ब्राउन सुगर १.७४ ग्राम पदार्थ र ४४० पिस ट्रामाडोल क्याप्सुल बरामद भएको छ। दुवैलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ