
सुनसरी । सुनसरी र सप्तरीलाई जोड्ने काेशी ब्यारेजको पुलबाट एक पुरुषले हामफालेकाे घटनापछि सशस्त्र प्रहरीको DM टोली खटिएको छ।
भण्टाबारीका डिएसपी केदार जंग थापाका अनुसार झापाको लखनपुर–१ निवासी ६२ वर्षीय लैन बोर थापाले आज दिउँसो करिब १ः३० बजे काेशी ब्यारेजको ६ नम्बर ढोकाबाट हामफालेका हुन्। स्थानीयले देखेर जानकारी गराएपछि प्रहरी र सशस्त्र प्रहरी खटिएको उनले बताए।
घटनापछि सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको सहकार्यमा खोजी कार्य तीव्र पारिएको छ। तर हालसम्म बेपत्ता लैन बोर थापाको अवस्था बारे कुनै ठोस जानकारी प्राप्त नभएको प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरीका अनुसार घटनाको थप अनुसन्धान र खोजी कार्य जारी रहेको छ।