सुनसरी संग जोडिएका नेपाल-भारत सीमा बन्द सिमा नाकामा सशस्त्र प्रहरी तैनाथ

जेन-जीको आन्दोलनका क्रममा सुनसरी जिल्ला लगायत देशभर रहेका कारागारबाट फरार भएका कैदी प्रवेश नगरुन् भन्दै नेपाल-भारतसँग जोडिएका सीमा नाका बन्द गरिएको छ।

भारतीय सुरक्षा बल एसएसबीले नेपाल-भारत सीमामा कडाइ गरेको छ।

भने सुनसरी संग जोडिएका नेपाल-भारत सिमा नाका समेत बन्द गरिएको सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए ।

थापाले भने हाल भारतबाट फर्किने नेपाली नागरिकलाई नेपाली परिचयपत्र अनिवार्य गरिएको छ । भारततर्फ जानेको हकमा पनि भारतीय आधार कार्ड अनिवार्य गरिएको छ’, उनले भने, ‘नेपालीलाई भारत प्रवेशमा पूर्ण रूपमा रोक लगाएको छ ।’

सुरक्षा स्रोतका अनुसार पाकिस्तानी र बंगलादेशी कैदीबन्दी समेत फरार भएकाले भारतमा सुरक्षा कडा पार्दै कडा निगरानी राखिएको हो।

अहिले देशका अधिकांश नेपाल-भारत सीमाना पूर्णरुपमा बन्द गरी सुरक्षा व्यवस्था कडा पारिएको बताइएको छ । सेनाले लगाएको देशभरको कर्फ्यू जारी रहेको छ।