
कठ्याङ्ग्रिदो जाडोबाट जोगाउन विराटनगर रानी क्षेत्रमा बसोबास गर्ने ५० विपन्न परिवारलाई लायन्स क्लब अफ मिल्स एरिया विराटनगर तथा लियो क्लब अफ मिल्स एरियाले संयुक्तरुपमा फाइबर सिरक वितरण गरेका छन् ।
सिरक वितरणसँगै, क्लबले समाजसेवामा आफ्नो प्रतिबद्धता दोहोर्याउँदै गरिब तथा असहाय नागरिकहरूको जीवनमा केही सहजता ल्याउने प्रयास गरेको छ । विपन्न परिवारका लागि राहतको महसुससिर
क पाउने परिवारमा वृद्धवृद्धा, असहाय, शारीरिक रूपमा अशक्त, न्यून आय भएका तथा ज्याला-मजदुरी गरेर जिविकोपार्जन गर्ने नागरिकहरू थिए।
कठ्याङ्ग्रिदो जाडोमा न्यानो सिरक पाउँदा लाभार्थीहरू निकै प्रसन्न मुद्रा देखिन्थे ।सिरक वितरण कार्यक्रम लायन्स क्लब अफ मिल्स एरिया विराटनगरका अध्यक्ष लायन्स योगेन्द्र साहको अध्यक्षतामा सम्पन्न भएको थियो।
प्रमुख अतिथिका रूपमा उपस्थित एरिया चिफ लायन्स खेमराज नेपालले क्लबको सक्रिय समाजसेवाको प्रशंसा गर्दै आगामी दिनहरूमा अझ प्रभावकारी सहयोग कार्यक्रम गरेको देख्न चाहेको बताए ।
उनले भने, “लायन्स क्लब सधैं सामाजिक सेवामा समर्पित रहन्छ। हाम्रो लक्ष्य सेवा, सहयोग र सद्भावका माध्यमबाट समाजलाई सकारात्मक रूपान्तरण गर्नु हो।”
कार्यक्रममा ३२५-सि का एरिया कपि बैंक चिफ कलैश साह, जोन चियर पर्सन राकेश साह, डिष्ट्रिक्ट चियर पर्सन राजेन्द्र साह लगायत विभिन्न पदाधिकारीहरूको उपस्थिति रहेको थियो। साथै, इलाका प्रहरी कार्यालय रानीका इन्चार्जले समेत कार्यक्रममा सहभागिता जनाउँदै समाजसेवामा प्रहरी प्रशासनको पनि महत्त्वपूर्ण भूमिका रहने उल्लेख गरे ।
कार्यक्रमको सञ्चालन लियो क्लब अफ मिल्स एरियाकी अध्यक्ष लियो कृतिका साहले गरिन्। उनले भनिन्, “हामी युवाहरू समाज परिवर्तनका संवाहक हौं।
जाडोमा कठ्याङ्ग्रिएर बस्नुपर्ने कोही पनि नरहोस् भन्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरेका हौं।”लियो क्लबका अन्य सदस्यहरूले पनि सिरक वितरणमा सहकार्य गरेका थिए। क्लबका सदस्यले भने, “हाम्रो सानो प्रयासले कसैको अनुहारमा खुसी ल्याउन सक्यो भने, हाम्रो उद्देश्य पूरा भएको ठान्छौं।”ला
लियो क्लब मिल्स एरियाले सामाजिक सेवाका विभिन्न गतिविधिहरू गर्दै आइरहेको छ। जाडो मौसममा गरिब तथा असहाय नागरिकलाई राहत पु¥याउने उद्देश्यले गरिएको सिरक वितरण अभियानले समुदायमा सकारात्मक प्रभाव पार्ने क्लबले जनाएको छ।
कार्यक्रम समापन गर्दै लायन्स क्लबका अध्यक्ष योगेन्द्र साहले भने, “सहयोगी हातहरू समाजका लागि सधैं तत्पर रहन्छन्। हामी आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू गर्दै जानेछौं।”