खोलामा डुबेर एक जनाको मृत्यु

सल्यानमा खोलामा डुबेर एक पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको दार्मा गाउँपालिका-३ बाँझठाना घर भएका २५ वर्षका काले पाण्डे रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार पाण्डे दिउँसो एक बजेतिर खोलामा कपडा धुन गएका थिए ।

मानसिक रोग भएका उनी एक्कासि बेहोस भएर लड्दा खोलामा डुबेका थिए ।

पाण्डेको घटनास्थलमै मृत्यु भएको र घटनास्थलमा अहिले प्रहरी पुगेर मुचुल्का उठाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान ल्याउने तैयारी भइरहेको बस्नेतको भनाइ छ