डिएसपी भट्टको नेतृत्वमा १५०० लागुऔषध इन्जेक्सन बरामद

सशस्त्र प्रहरी बल नेपाल, सुरक्षा वेश जितपुरद्वाराला

गुऔषधसहित ठूलो परिमाणमा इन्जेक्सन बरामद गरिएको छ।वीरगञ्जबाट हेटौंडातर्फ गइरहेको यात्रुबाहक बसबाट वेवारिस अवस्थामा राखिएको झोलामा शंका लागी चेकजाँच गर्दा उक्त लागुऔषधहरू फेला परेको हो ।

सशस्त्र प्रहरी सुरक्षा वेश जितपुरबाट सशस्त्र प्रहरी नायब उपरीक्षक प्रकाश चन्द्र भट्टको कमाण्डमा खटिएको ७ जनाको गस्ती टोलीले उक्त बसमा चेकजाँच गर्ने क्रममा झोला फेला पारेको थियो।

उक्त झोलाबाट फेनेर्गन (Phenergan) इन्जेक्सन – ५०० थान,बुप्रेनोर्फिन (Buprenorphine) इन्जेक्सन – ५०० थान, डायाजेपाम (Diazepam) इन्जेक्सन – ५०० थान गरी कुल १५०० थान लागुऔषध इन्जेक्सन फेला परेपछि सो सामग्रीहरू सशस्त्र प्रहरी वेश जितपुरको कम्पाउन्डभित्र स्थानीयको रोहवरमा नष्ट गरिएको सशस्त्र प्रहरीका डिएसपी भट्टको जानकारी दिए।

साथै घटनासम्बन्धी थप अनुसन्धानको प्रक्रिया अगाडि बढाइएको जनाएको छ ।

सशस्त्र प्रहरीले पछिल्लो समयमा सीमावर्ती क्षेत्रमा लागुऔषध तस्करी नियन्त्रणका लागि चेकजाँच र गस्तीलाई थप कडाइ गर्दै आएको डिएसपी भट्टले जानकारी दिए ।