
सुनसरीकाे ७८ वटा विद्यालयमा लागू आैषध विरुद्धको अभियानलाई निरन्तरता दिने भएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीमा बसेकाे लागू पदार्थ दुर्व्यसन विरुद्धको फ्यान जिल्ला कार्य सम्पादन समितिकाे बैठकले विधालयमा प्रभावकारी रुपमा कार्यक्रमलाई अगाडि बढाउने निणर्य गरेको हो ।
बैठकले स्थानीय तहहरुमा परिचयात्मक कार्यक्रम गर्दै अनुकुल समय मिलाई आवश्यकता अनुसार आगामी बैठक राख्ने , हालसम्म भएका गतिबिधिहरु प्रभावकारी रहेको समिक्षा गर्दै जिल्लाका ७८ वटा विद्यालयमा गठन भएको क्लबलाई नियमित गर्ने र कार्यक्रमलाई निरन्तरता दिने र तालुक प्रहरी प्रदेश कार्यालयबाट भएका आदेश निर्देशन जिल्ला कार्य सम्पादन समितिलाई जानकारी गराई प्रभावकारी कार्यन्वयन गराउने, समितिका पदाधिकारीहरुको सक्रियतामा सम्बन्धित पालिकामा पालिका कार्य समिति र वडा कार्य समिति गठन गर्ने निर्णय गरेकाे जनाएको छ।
अभियान संचालनका लागि बजेट व्यावस्थापन सम्बन्धमा स्थानीय तहसँग माग निवेदन पेश गर्ने र जेठ २९ गते बराहक्षेत्रमा हुन गईरहेको फ्यान कार्यक्रमलाई सफल पार्न आवश्यक सहयोग तथा सहजिकरण गर्ने साथै कोशी गाउँपालिका र देवानगंज गाउँपालिकामा लागु औषध आयात न्यूनिकरणका लागि सरोकारवालाको भुमिका विषयक संवाद तथा सचेतना मूलक कार्यक्रम संचालनको लागि आवश्यक तयारी गर्ने निर्णय गरेकाे प्रहरी निरीक्षक तथा फ्यान सचिव सविना लिम्बूले जानकारी दिनुभयो ।।