सशस्त्र प्रहरीका डीएसपी थापा सहित सशस्त्र प्रहरी नायव निरीक्षक खकुरेल उत्कृष्ट प्रदर्शनमा प्रथम

सुनसरी । सशस्त्र प्रहरी बल नेपाल ४ नम्बर गण मुख्यालय सुनसरीले गत जेष्ठ ४ र ५ गते दुईदिने ब्याटमिन्टन प्रतियोगिता सम्पन्न गरिएको छ।

खेलकुदलाई प्रोत्साहन गर्दै आपसी मित्रता, सहकार्य र शारीरिक तन्दुरुस्ती अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा ८ जना खेलाडीहरूबीच प्रतिस्पर्धा भएको थियो।
प्रतियोगितामा सशस्त्र प्रहरी नायव उपरीक्षक (सप्रउ) केदार जंग थापा र सशस्त्र प्रहरी नायव निरीक्षक (सप्रनि) ईश्वर खकुरेलले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गर्न सफल भएका छन्।
नेपाली सेनाका भगवती दल गण इटहरीका प्रमुख सेनानी राजन भुजुले वहाँलाई गणको १८ ओैँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमाण पत्र तथा पुरस्कार वितरण गरेका थिए ।

सशस्त्र प्रहरी बल नेपाल ४ नम्बर गण मुख्यालय सुनसरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले विजेता खेलाडीहरूलाई बधाई ज्ञापन गर्नुका साथै यस्ता खेलकुद प्रतियोगिताले संगठनमा उत्साह,आत्मबल, अनुशासन र एकताको भावना थप प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभएको थियो।खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रमको निरन्तरताका लागि गणले आगामी दिनमा पनि विभिन्न गतिविधिहरू आयोजना गर्दै जाने जनाएको छ।