मधुवनकाे धनजित आधारभुत विधालयमा जंगली हात्तीले ताेडफाेड गरेको छ

सुनसरीकाे बराहक्षेत्र नगरपालिका ११ मधुवनकाे धनजित आधारभुत विधालयमा जंगली हात्तीले ताेडफाेड गरेको छ । मंगलबार रातिको समयमा काेशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केको हात्तीले बराहक्षेत्र ११ मनाई टाेलमा रहेको विधालयमा बासकाे टाटी भत्काएर पस्दा लाखौंको क्षति गरेको हो । विधालयकाे खाजा बनाउने काेठामा भुजा ,चना, चिउरा र भाडाकुडामा क्षति गरेको छ भने दुईवटा ढाेका, झ्याल र कम्पुटर फुटाईदिएकाे छ ।

बराहक्षेत्र न्याय समिति सदस्य अजिम मंसुरीले आफ्नो वडामा रहेको धनजीत स्कुलमा जंगली हात्तीले ताेडफाेड गरेर क्षति गरेको छ ।

यसैबीच मंगलबार जंगली हात्तीले ताेडफाेड गरेर क्षति भएको ढाेका बनाउन बुधबार मध्याह्न काम सुरु भएको बराहक्षेत्र ११ का वडा अध्यक्ष कृष्ण कुमार महताेले जानकारी दिनुभयो । वडा अध्यक्ष महताे समेतले हातीकाे आतंक र क्षतिकाे अवलोकन गरेर पढाइमा असर नगर्ने गरि मर्मतको काम सुरु गरेको प्रधानाध्यापक भाेजराज काफ्लेले जानकारी दिनुभयो ।

काफ्लेले दिनुभएको जानकारी अनुसार
विधालयमा शिक्षक कर्मचारी १२ जना र विधार्थी संख्या २५० रहेको छ । यश विधालयमा दरबन्दी ५ जना स्थायी , २ जना राहत ,१ जना करार, बालविकासमा २ जना रहनुभएकाे छ । विधालयमा भवन अभावमा कक्षा ४ / ५ एउटै काेठामा राखेर संयुक्त कक्षा चलाउने गरेको समेत प्रअ काफ्लेले जानकारी दिनुभयो । कक्षा ८ सम्म पढाइ हुने विधालयमा भवन तथा शिक्षक अभाव रहेको छ । जंगली हात्तीले स्कुलको टाटी बेरा तोडेर भीत्र प्रवेश गरेकोले हात्तीले ढोका ५ वटा कोठाको झ्याल ३ वटा,चना २५ केजी , कुर्सी १ प्लाटिक र १ काठ‌को क्षति गरेको छ । त्यसैगरी कम्प्युटर १ थान, टेबुल पङ्‌खा १ थान, प्लेट ११ थान,तार चुडाएको , बाल, ट्‌युवेल १ थान समेतमा क्षति गरेको छ । विधालयले क्षतिपूर्तिको लागि स्थानीय सरकार र काेशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयसंग आग्रह गरेको छ।