
ईनरुवा। १८ औं गणतन्त्र दिवसको अवसरमा इनरुवा नगरपालिका अन्तर्गत रहेका निजी तथा आवासीय विद्यालयमा कार्यरत आधारभूत तह देखि कक्षा८ सम्मका शिक्षकहरूको हस्तलेखन प्रतियोगिता सम्पन्न भएकाे छ ।
सुनसरीको इनरसवा नगरपालिका वडा नं-३ स्थित रहेकाे ओम साईं पार्टी प्यालेसमा बिहिबार इनरसवा नगरपालिकाका नगर प्रमुख केदार भण्डारीकाे प्रमुख आतिथ्यता तथा निजी तथा आवासीय अर्गनाइजेसन नेपाल(प्याब्सन ) इनरुवा नगर प्याब्सनकाे आयोजनामा साे प्रतियाेगिता सम्पन्न भएकाे हाे ।
प्रतियोगिता २०८२ जेठ १५ गते बिहीबार सम्पन्न भएको हो। कार्यक्रममा *इनरुवा नगरपालिकाका नगरप्रमुख केदार भण्डारी* प्रमुख अतिथिका रूपमा सहभागी भए। कार्यक्रममा बोल्दै नगरप्रमुख भण्डारीले शिक्षामा गुणस्तर अभिवृद्धि गर्न यस्ता प्रतियोगिताले सशक्त भूमिका खेल्ने विश्वास व्यक्त गरे।
शिक्षकहरूको सिर्जनात्मक क्षमता, लेखन शैली तथा आकर्षक प्रस्तुतीकरणलाई प्रोत्साहन दिने उद्देश्यले उक्त कार्यक्रमकाे आयाेजना गरेकाे इनरुव नगर प्याब्सनका अध्यक्ष रमेश प्रसाद गुरागाईंले जानकारी दिए ।
प्रतियोगितामा प्रथम इनरुवा इङ्गलिस बाेर्डिङ्ग स्कुलकि शिक्षिका अनन्ता आचार्य,द्वितीय दमार्टर इङ्गलिस बोर्डिङ स्कुलकि शिक्षिका कञ्चन काेइराला,तृतीय जनक स्मृति विद्यालयकी शिक्षिका प्रिया पाेदार,सान्त्वना मल्टिपल क्रिएटिभ बोर्डिङ स्कुलकि शिक्षिका भएकाे प्रशिक्षक तथा निर्णायक सुरज चाैधरीले जानकारी दिए ।
प्रथम स्थान प्राप्त गर्नेलाई सिल्ड, मेडल,प्रमाणपत्र, नगद रु १५ हजार त्यसैगरी द्वितीयलाई सिल्ड, मेडल,प्रमाणपत्र, नगद रु १० हजार,तृतीयलाईसिल्ड, मेडल,प्रमाणपत्र, नगद रु ८ हजार र सान्त्वनालाई सिल्ड, मेडल,प्रमाणपत्र, नगद रु ५ हजार पुरस्कार हस्तान्तरण गरेकाे नगर प्याब्सन इनरसवाका सचिव गंगाराम मण्डलले जानकारी दिए ।
कार्यक्रममा शस्त्र प्रहरी बल नेपाल ४ नं गण हेक्वा सुनसरीका प्रहरी उपरीक्षक निर्मल थापा,केन्द्रीय प्याब्सनका पूर्व उपाध्यक्ष तथ वर्तमान सल्लाहकार शंकर थामा,मनाेज कुमार यादव,जिवराज दाहाल,निरज नेपाल लगायतकाे आतिथ्यता रहेकाे थियाे भने इनरुवा नगरपालिका अन्तर्गत रहेका निजी तथा आवासीय विद्यालयकाका शिक्षक शिक्षिकाहरुकाे सहभागीता रहेकाे थियाे ।