कोशी गाउँपालिका ७ हरिपुरमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

सुनसरीको कोशी गाउँपालिका ७ हरिपुरमा प्रथम वडा अध्यक्ष अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

वडाको आयोजनामा कोशीमा एतिहासिक रुपमा गाउँपालिकाभरीका सामूदायिक विद्यालयका विधार्थीहरुको सहभागितामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको हो ।

विभिन्न माध्यमिक विधालयका विधार्थीहरुको सहभागितामा सम्पन्न भएको हाजिरी जवाफ प्रतियोगितामा श्री सप्तकोशी माध्यमिक विद्यालय भाण्टाबारी समूह प्रथम,

श्री कोशी जनता मावि हरिपुर द्धितिय,

श्री राष्ट्रिय मावि लौकही तृतिय भएको आयोजक साझेदारी नेपालले जनाएको छ ।

त्यसैगरी सम्पन्न भएको प्रतियोगितामा श्री राष्ट्रिय मावि शोभनपुर र श्री राष्ट्रिय मावि श्रीपुर समूह सान्तवना भएको आयोजक साझेदारी नेपालका कार्यक्रम संयोजक देवराज यादवले जानकारी दिनुभएको छ ।

प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्तवतालाई प्रमुख अथिति कोशी गाउँपालिका ७ हरिपुरका वडा अध्यक्ष लालदेव सदा,सशस्त्र प्रहरी नायव उपरीक्षक केदार जंग थापा,कोशी जनता मावि हरिपुरका प्रधानाध्यापक हरेराम यादव सहितले पुरस्कार, प्रमाण पत्र प्रदान गर्नुभयो ।

यसैबीच जिल्लामै पहिलो पटक वडाको सहयोगमा पालिकाभरीका विधार्थी सामेल गराएर प्रतियोगिता आयोजना गरेको भन्दै कोशी गाउँपालिका ७ हरिपुरका वडा अध्यक्ष लालदेव सदालाई आयोजक साझेदारी नेपालका कार्यक्रम संयोजक देवराज यादवले प्रसंसा पत्र र गम्छाले सम्मान गर्नुभएको छ ।

त्यसैगरी कार्यक्रममा वडा सदस्यहरु सहित सशस्त्र प्रहरी नायव उपरीक्षक केदार जंग थापा,

इलाका प्रहरी कार्यालय भाण्टाबारीका बरिष्ठ प्रहरी नायव निरीक्षक पुण्यप्रसाद अधिकारी,

श्री कोशी जनता मावि हरिपुरका प्रधानाध्यापक हरेराम यादव,

अस्थायी प्रहरी चौकी हरिपुरका तेजबहादुर सुब्बा,

ट्राफिक प्रहरी कोशी कटान कार्यालयका कमल प्रसाद दाहाल सहितलाई प्रसंशा पत्रले सम्मान गर्नुभयो ।

आयोजकका अनुसार वडा क्षेत्रका बालबालिकाहरुलाई क्षमता विकास गर्ने, बाल अधिकारसंगै र कर्तव्य सम्बन्धि अभिमुखिकरण गर्ने र बालबालिकाहरुले सिधा प्रस्नोतर गर्ने अधिकारको उपयोग गर्न पाएको छ ।

कार्यक्रममा प्रतियोगि र अप्रतियोगि सहित शिक्षकहरुको समेत उपस्थिती रहेको थियो ।

तस्विरमा

हाजिरी जवाफ प्रतियोगितामा प्रथम भएको श्री सप्तकोशी माध्यमिक विद्यालय भाण्टाबारी समूहका प्रतियोगिहरु राकुमार शर्मा, सोनु कुमार शर्मा र रियाकुमारी गुप्त

द्धितिय भएको कोशी जनता मावि हरिपुरका प्रतियोगिहरु पुष्कर पाठक, रंजित कुमारी खेरबार र अपेक्षा ठाकुर

तृतिय भएको श्री राष्ट्रिय मावि लौकही समूहका विविका मण्डल, आचल साह र पारसकुमार यादव

प्रतियोगितामा सन्तवना भएको श्री राष्ट्रिय मावि शोभनपुर समूहका सन्जु साह, सहबाज मंसुरी, पुष्पाकुमारी मेहता

र सान्तवना श्री राष्ट्रिय मावि श्रीपुर समूहका किरणकुमारी यादव, युवराज शर्मा र नितेश कुमार यादव