सुनसरीमा साउन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भए बरिष्ठ सई कोईराला र प्रहरी सहायक हवल्दार साह

सुनसरी।इलाका प्रहरी कार्यालय लौकही, सुनसरीमा कार्यरत प्रहरी बरिष्ठ नायव निरीक्षक अशोक कोईराला र जिल्ला प्रहरी कार्यालय दुहबीमा कार्यरत प्रहरी सहायक हवल्दार शुसिल कुमार साह २०८२ साल साउन “महिनाको सर्वोत्कृष्ट प्रहरी” (POLICE OF THE MONTH) घोषित भएका छन ।

विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गर्ने बरिष्ठ सई कोईराला र प्रहरी सहायक हवल्दार साह २०८२ साल साउन “महिनाको सर्वोत्कृष्ट प्रहरी” घोषित भएका हुन् ।

प्रहरी बरिष्ठ नायव निरीक्षक कोईराला र प्रहरी सहायक हवल्दार साहले लागू औषध बरामद तथा संलग्न व्यक्तिहरूलाई पक्राउ, फरार प्रतिवादी पक्राउ, भन्सार छलि ल्याएका सामान बरामद, विद्युतिय ट्रान्सफर्मर चोरीमा संलग्नलाई पक्राउ गर्न सफल भएका थिए ।

  1. उनिहरुलाई दिइएको जिम्मेवारी उच्च मनोबलका साथ निर्वाह गरी उत्कृष्ट तथा प्रशंसनीय कार्य गरेको हुँदा उनिहरूले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मूल्याङ्कन गर्दै २०८२ साल साउन “महिनाको सर्वोत्कृष्ट प्रहरी” (POLICE OF THE MONTH) घोषणा गरी पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यालय, सुनसरीले जानकारी दिएको छ ।