सप्तकोशी नदीमा पानीको बहाव उच्च, ब्यारेजका ५६ ढोकामध्ये ३६ खोलिए

सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ। कोशी ब्यारेज अन्तर्गतका ५६ ढोकामध्ये ३६ वटा ढोका खोलिएको छ, जसले गर्दा जलस्तर अझ बढ्न सक्ने संकेत मिलेको छ।

जल आयोगका अनुसार पानीको बहाव २ लाख ६८ हजार ९ सय २५ क्युसेक नजिक पुगेको छ ।

प्रहरी चौकी कोशी ब्यारेजका प्रहरी वरिष्ठ नायब निरीक्षक बलराम यादवले जानकारी दिएको छ। भने खतराको सङ्केतस्वरुप रातो बत्ती बालिएको यादवले बताए।

सप्तकोशी जलमापन केन्द्रले कोशी ब्यारेजमा हाल एक लाख ५० हजार क्युसेक बहाव हुनेबित्तिकै खतराको सूचक भन्दै रातो झन्डा र बत्ती बाल्ने गरिएको छ ।

सप्तकोशी नदी नेपालकै सबैभन्दा ठूलो नदीमध्ये एक हो र मनसुनको समयमा यसको बहावमा तीव्र वृद्धि हुने गर्छ।

सावधानी अपनाऔं, सुरक्षित रहौं।