सप्तकोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, २५ ढोका खुला

सप्तकोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, २५ ढोका खुला

सप्तकोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, २५ ढोका खुला पूर्वी पहाडी तथा तराईका जिल्लामा भएको वर्षाले सप्तकोशी नदीमा कोसी ब्यारेज भएर बग्ने पानीको बहाव बढ्दै गएको छ। बुधबार राति ८ बजे गरिएको मापनअनुसार कोसी ब्यारेजमा पानीको बहाव १ लाख ९१ हजार ९ सय क्युसेक प्रतिसेकेण्ड रहेको प्रहरी चौकी कोशी ब्यारेजका प्रहरी वरिष्ठ नायब निरीक्षक बलराम यादवले जानकारी दिए।

सप्तकोशी नदीमा पानीको बहाव बढ्दो क्रममा रहेकाले ५२ वटा मूल र चार वटा नहरको गरेर ५६ वटा ढोकामध्ये २५ वटा ढोका खुला गरिएको छ भने खतराको सङ्केतस्वरुप रातो बत्ती बालिएको उनले बताए।