
SEE ब्याच २०८१ का विद्यार्थीहरूलाई बधाई तथा शुभ-कामना कार्यक्रम
सुनसरीकाे इनरुवा नगरपालिका ५ बलाहाकाे नवयुग एकेडेमीले बधाई तथा शुभकामना कार्यक्रममा SEE ब्याच २०८१ का विद्यार्थीहरूलाई SEE नतिजा तर्फ जिल्लाकै उत्कृष्ट हुन सफल भएकाे छ ।
विद्यालयले एक कार्यक्रमको आयोजना गर्दै जिल्लामै उत्कृष्ट नतिजा ल्याउने आफ्ना २ विद्यार्थीहरु प्रज्ञान पोखरेल र सुदिस सुवेदी सहित सम्पूर्ण उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गरेको छ । उत्कृष्ट अंक ल्याउने प्रज्ञान पोखरेल र सुदिस सुवेदीलाई जनही नगद ११ हजार सहित सम्मान गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि इनरुवा नगरपालिकाका नगर प्रमुख केदार भण्डारीले इनरुवा नगरकै नाम रोशन गराउन सफल भएको भन्दै विद्यालय र विद्यार्थी सबैलाई बधाई दिए । उनले नवयुगका विद्यार्थीले जिल्लामै उत्कृष्ट नतिजा प्राप्त गर्दा सम्पूर्ण नगरबासी नै गौरवान्वित बनेको बताए ।
विद्यालयका प्रिन्सिपल तुलसी नेपालले विद्यालयको यो सफलतामा योजनावद्व शिक्षण सिकाई, नियमित अभिभावक परामर्श र शिक्षक, विद्यार्थीको मेहनतको संयोजन भएको बताउँछन् । सुनसरीबाट जम्मा ७ जनाले 4 GPA ल्याएका छन ।
२०८१ को एसईईमा नवयुग एकेडेमीबाट ५४ जना विद्यार्थीले परिक्षा दिएकोमा २ जना ४ जीपीए,ल्याएको ३९ जना ए प्लस, १२ जना ए र १ जना बी प्लस अंकसहित सतप्रतिसत उतिर्ण भएकाे विद्यालय व्यवस्थापक तथा संचालक खगेन्द्र पाेखरेलले जानकारी दिनुभयाे ।