कोशी गाउँपालिका वडा नं ८ को कार्यलय परिसरमा लागु औषधको सेवन तथा ओसार पोसारको बारेमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

सुनसरी जिल्ला कोशी गाउँपालिका वडा नं ८ को कार्यलय परिसरमा लागु औषधको सेवन तथा ओसार पोसारको बारेमा जनचेतनामूलक कार्यक्रम गरेको छ ।

कोशी गाऊँपालिका वडा नं ८ का वडा सदस्य श्री कमरूदीन मियाको अध्यक्षता तथा प्रशिक्षक – इलाका प्रहरी कार्यलय, भण्टाबारीको प्रहरी बरिष्ठ नायब निरीक्षक पुण्य प्रसाद अधिकारी आतिथ्यतामा सम्पन्न भएको हो।

वर्तमान परिवेशमा १६ बर्षको बालबालिकादेखि ४० वर्ष उमेर समुहको मानिषहरु आफ्‌नो स्वास्थय, आफ्‌नो घरपरिवारको भविष्य, समाजमा परेको यस्को नाकारात्मक असर बादिको ख्याल नगरि आफनो अधिकांश समय लागूऔषधको सेवनमा व्यतित गरिरहेको र यस्को फलस्वरुप चोरी, डकैती, घरेलू हिंसा, पारिवारिक कलह, समाजमा अशान्ति हुनुको साथै कोशी गाउँपालिका बडा नं ८ को सिमा नाका भारतको खुल्ला बोर्डर संग जोडिएकोले विभिन्न ठाउँका मानिषहरु यो सिमा नाकाको प्रयोग गरि विभिन्न किसिमको लागूऔषध ओसार पोसार तथा वेचविखन गर्ने कार्य दिन प्रति दिन बढ्दै गईरहेकोले कोशी गाउँपालिका वडा नं ८ को कार्यलय चिन्तित हुनुको साथै गम्भिर पनि रहेको छ ।

यस अवस्थामा कोशी गाउँपालिका वडा नं ८ को वासिन्दाहरुलाई लागूऔषधको सेवनबाट हुने दिर्घकालिन परिणामबारे जनचेतना अभिवृद्धी गर्ने उदेश्यले कार्यक्रमको प्रस्तावना तयार गरेको थियो ।

इलाका प्रहरी कार्यलय भन्टाबारीका प्रहरी बरिष्ठ नायब निरीक्षक पुण्य प्रसाद अधिकारीले लागूऔषध दुर्व्यसन रोकथाम तथा नियन्त्रणसम्बन्धी प्रशिक्षण प्रदान गर्नुका साथै सचेतनामूलक कार्यक्रममा उहाँले विद्यार्थी र युवाले लागु औषधको कुलतबाट बच्नुका साथै कतै कसैले सो प्रयोग गरेको वा ओसारपसार गरेकोबारे केही जानकारी हुनेबित्तिकै प्रहरीलाई जानकारी गराउन पनि आग्रह गर्नुभयो ।

कार्यक्रममा सहभागी अधिकांश बालबालिका तथा निजका अभीभाबकलाई लागु औषधबाट जोगिने प्रतिबद्धता जनाउँदै अरुलाई पनि सो कुलतमा लाग्न नदिने प्रतिबद्धता जनाएको इलाका प्रहरी कार्यलय भन्टाबारीका प्रहरी बरिष्ठ नायब निरीक्षक पुण्य प्रसाद अधिकारीले बताउनुभयो ।

खुला सिमानाका कारण सीमापारीबाट विभिन्न प्रकारका लागु औषध खरिद गरेर नेपाल ल्याउने कार्य दिनदिनै हुँदै आएको छ ।

प्रहरीले दैनिकजसो लागु औषध ओसार पसार र बिक्री गर्नेलाई पक्राउ गर्दै आएपछि अवैध रुपमा भित्रिने क्रम भने रोकिएको छैन ।

कार्यक्रममा सहभाहिहरुलाई डायरी, स्पाईरल नोट बुक,डटपेन, समेत थियो।

बरिष्ठ सई अधिकारीले भने कतै कसैले सो प्रयोग गरेको वा ओसारपसार गरेकोबारे केही जानकारी हुनेबित्तिकै प्रहरीलाई जानकारी गराउन पनि आग्रह गर्नुभयो। कार्यक्रम – अध्यक्षता – श्री कमरूदीन मिया गरेको थियो र

प्रशिक्षक – इलाका प्रहरी कार्यलय, भण्टाबारीको पूण्य प्रसाद अधिकारी र सशस्त्र प्रहरी भन्टाबारीका नरायण खड्‌का र कोशी ८ का वडा सचिव संतोष कुमार साह र कार्यपालिका सदस्य श्री सरजुग सरदार र वडा सदस्य श्री नसीरण खातुन, मंजु देवी खत्बै लगायतको स्थानिय ५० जना भन्दा बढी उपस्थिति रहेको कोशी ८ का वडा कार्यलयका सचिव श्री संतोष कुमार साहले जानकारी भयो।