
सुनसरी जिल्लाको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाद्वारा संचालित सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत सुरक्षित बैदेशिक रोजगारीका लागि प्रहरीसंगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । इनरुवा नगरपालिकाका प्रमूख केदार भण्डारीको अध्यक्षता र जिल्ला अधिकारी अधिकारी धर्मेन्द्र कुमार मिश्रको प्रमूख आतिथित्यमा अन्तरकृया कार्यक्रम सम्पन्न गरेको सामीका जिल्ला संयोजक धिरज भट्टराईले जानकारीले जानकारी दिनुभयो ।
सामी कार्यक्रम चौथो चरण अन्तर्गत आईतबार सुनसरी जिल्लामा कार्यरत चौकी एवं इलाका प्रहरी प्रमुखहरुसंग सुरक्षीत वैदेशिक रोजगारी र ठगी बारे अन्तरक्रीया कार्यक्रम सम्पन्न गरिएको छ । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले नया श्रमका कानुन बारे प्रहरीहरुलाई जानकारी एवं निर्देशन प्रदान गर्नुभएको थियो ।
आप्रवासी कामदारहरुको आप्रवासन प्रक्रियाका सबै चरणहरु जस्तै उत्पत्ति स्रोत वा मूल, पारगमन र गन्तव्य देशहरुमा आइपर्ने सम्भावित जोखिमबाट सुरक्षित रहने क्षमताका बारेमा प्रहरीलाई जानकारी र प्रशिक्षण सहितको अन्तरकृया गरेको भट्टराईले जनाकारी दिनुभयो ।
स्वदेशमा रोजगारी गरौं, वैदेशिक रोजगारीमा जाने भए सही सूचना लिएर र सीप सिकेर मात्र जाने गरौं मुल नाराका साथ सुरक्षित आप्रवासन (सामी) कार्यक्रम प्रहरीसंगको अन्तरक्रिया सम्पन्न गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीको सभा हलमा सुरक्षित अप्रवासन कार्यक्रम (सामी) ले सुरक्षित बैदेशिक रोजगारीका लागि प्रहरीसंगको अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा प्रजिअ मिश्रले बैदेशिक रोजगार ऐन, कानुन र प्रमुख जिल्ला अधिकारीको भूमिकाको बारेमा चर्चा गर्नुभयो । जिल्ला प्रहरी कार्यालय तथा इलाका प्रहरी कार्यालयको भुमिका र प्रहरीले गरेको कामको विषयमा प्रहरी निरीक्षक पर्शुराम राईले प्रस्तुतिकरण गर्नुभएको थियो ।
आफ्नो प्रस्तुतिकरणमा सामिका जिल्ला संयोजक धिरज भट्टराईले वैदेशिक रोजगारीमा समस्यामा परेका ९३ जनाले क्षतिपूर्तिस्वरुप दुई करोड ६५ लाख ७१ हजार ३०० भन्दा बढी राहत रकम पाएको तथ्यांक प्रस्तुत गर्नुभयो ।
सामीको सहजीकरणमा चालू आर्थिक वर्षको हालसम्म वैदेशिक रोजगारीका क्रममा मृत्यु १२ जना, जेलमा रहेको उद्धार ८ जना, पासपोर्ट ८७ जना, क्षतिपूर्ति सहित विभिन्न समस्यामा परेकाहरूले राहतस्वरुप उक्त रकम प्राप्त गरेको जनाएको छ ।
वैदेशिक रोजगारीका क्रममा ठगी, मृत्यु, अंगभंग, उद्धार तथा जालसाजीमा परेका उनीहरूले सामी कार्यक्रमको समन्वयमा बैदेशिक रोजगार बोर्ड सहित निकायबाट सहयोगमा सहजिकरण गरेको विवरण प्रस्तुत गर्नुभयो । विदेशमा मृत्यु भएकाहरु मध्येका एक करोड चार लाख ७५ हजार रुपियाँ प्राप्त गरेको सामीका कार्यक्रम संयोजक भट्टराईले जानकारी दिनुभयो ।यस्तै आप्रवासी स्रोत केन्द्रबाट सूचना तथा परामर्श सेवा, रिटर्नी स्वयंसेवक परिचालनमार्फत घर भेट तथा सूचना प्रवाहको कार्य प्रगति पनि उल्लेखनीय रहेको सामीका कार्यक्रम संयोजक भट्टराईले बताउनुभयो । सुरक्षित आप्रवासन (सामी) कार्यक्रम सुनसरीका चार स्थानीय तहमा सञ्चालनमा छ ।
अगामी आर्थिक वर्षबाट १२ वटै नगर तथा गाउँपालिकामा सामी कार्यक्रम सञ्चालन हुने जनाएको छ । सामी कार्यक्रम नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अन्तर्गत सञ्चालनमा छ । यो श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय सरकारको नेतृत्वमा कार्यान्वयन भइरहेको छ । कार्यक्रमलाई स्विस सरकारको तर्फबाट प्राविधिक सहयोग हेल्भेटास नेपालले उपलब्ध गराएको छ ।
सामीले बैदेशिक रोजगारीमा गएर फर्केका वा जान थालेकालाई तालिम, परिवारका सदस्यलाई वित्तीय साक्षरता, मनोसामाजिक परामर्श, कानुनी सहायता, सूचना तथा परामर्श सेवा दिँदै आएको छ