
सुनसरीको इनरुवा र गढी गाउँपालिकाको सीमा भएर बग्ने गडन खोलाको उत्खनन रोक्नुपर्ने स्थानीयहरुले माग गरेका छन् ।
इटहरीका मोननमणी पोखरेलको जिनी जग्गा भन्दै स्थानीय अतित चौधरीले स्काभेटर, टिपर र ठूला सवारी प्रयोग गरी अव्यवस्थित खोला उत्खनन रोक्न गढी २ औरावनीका स्थानीयले गडन खोलाको उत्खनन रोक्नुपर्ने स्थानीयहरुले माग गरेका हुन् ।
गडन खोला आसपासका बासिन्दाले इलाका प्रहरी कार्यालय दुहवी, जिल्ला प्रशासन कार्यालय सुनसरी , गढी गाउँपालिका कार्यालय औरावनीमा गडन खोलाको अनाधिकृत उत्खनन रोक्नुपर्ने माग गर्दै निवेदन दिएका छन् ।
खोलाको डिल समेत र किनारबाट जथाभावीरूपमा बालुवा र माटो निकासीका कारण कटानको जोखिम बढेकाले उत्खनन रोक्न माग गरेका हुन् । सो खोलाको पेटी, डिल सहित ५० मिटर क्षेत्रमा जथाभावीरूपमा माटो काटेर निकासी भएपछि बाढीको जोखिम बढाएको गढी गाउँपालिका–२ का कृष्ण यादवले बताउनुभयो ।खोला नियन्त्रण गर्नुपर्नेमा स्थानीय सरकारले नै जग्गा सिचाईको नाममा माटो काट्न अनुमती दिएकाले स्थानीय जनप्रतिनिधिलाई जानकारी गराएको भए पनि कुनै कार्वाही नभएको गुनासो गर्नुभयो ।
उहाँले भन्नुभयो, “समयमै खोला उत्खननमा रोक नलगाए आगामी बर्खामा सतैर र गढीले बाढीको समस्या व्यहोर्नुपर्नेछ ।”सो खोला किनारबाट जेसिबी, ट्रिपरले जथाभावी माटो काट्ने र झिकेर लाने भएकाले खोला करिब ६ मिटरसम्म गहिरिएको छ । यसअघि जथाभावी खोला उत्खनन नरोकिँदा गत वर्षको बाढीले खोला किनारको विघौबिगाहा जमिनका कटान गरेर क्षति पु¥याएको थियो ।
नदी उत्खनन सम्बन्धी मापदण्ड कार्यान्वयन हुने गरी माटो निकासी गरे आफूहरूलाई कुनै समस्या नहुने स्थानीयवासी बुलबुल यादवले बताउनुभयो । उहाँले सरकारी मापदण्ड र ऐन, कानुन विपरितको काम गरेकाले त्यसलाई रोक्न माग गर्दै प्रहरी प्रशासनमा उजुरी गरेको बताउनुभयो । गढी २ का ब्रहमदेव यादवले जथाभावी खोलाको किनार र डील काट्ने भएकाले त्यसले बाढीको जोखिम र कटान समेत निमत्यिाउने भएकाले त्यसलाई रोक्न माग गर्दै जिल्ला प्रहरी कार्यालय र स्थानीय प्रशासनमा उजुरी गरेको बताउनुभयो ।
उता गढी गाउँपालिकाका अध्यक्ष आशनारायण चौधरीले खोलाको माटो कटान नभएको र नीजि जग्गाको माटो काटेको प्रतिकृया दिनुभयो ।
गढी २ का वडा अध्यक्ष प्रभाकर माझीले जग्गा सम्याउन र सिंचाईका लागि माटो काट्न अनुमती दिएको तर खोला काटेको विष्यामा आफूलाई थाहा नभएको प्रतिकृया निदुहुदै सबै पक्षहरु बसेर छलफल र संवादबाट समस्या समाधान गर्ने बताउनुभयो