प्रअको नियुक्ति प्रकृया र नतिजा सार्वजनिक गर्न माग

सामुदायिक विधालय व्यवस्थापन समिति महासंघ इनरुवाले इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीलाई ध्यानाकर्षण पत्र बुझाएको छ।

महासंघ इनरुवा अध्यक्ष जयकृष्ण यादव र सचिव राकेश निरौला सहितको उपस्थितिमा नगरपालिकाको नयाँ प्रधानाध्यापक नियुक्ति प्रकृया र नतिजा सार्वजनिक गर्न भएको ढिलाई प्रति प्रमुख भण्डारीलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

उक्त पत्रमा भनिएको छ, “सामुदायिक विधालय व्यवस्थापन समिति महासंघ इनरुवा नगर समितिले सामुदायिक विधालय शिक्षा सुधार, शैक्षिक गुणस्तर र शैक्षिक सुशासनको पक्षमा वकालत, बहस र पैरबी गर्दै आएको यहाँलाइ सर्वबिदितै छ जहाँ शिक्षा र शैक्षिक विरूद्धमा गतिविधि हुन्छ र शैक्षिक सुशासनको विपरित कार्य हुन्छ त्यहाँ हामी आबाज उठाउने गछौं सोही सन्दर्भमा प्रधानाध्यापक नियुक्तिमा भएको ढिलाई प्रति हाम्रो ध्यानाकर्षण भएको छ।

सर्वप्रथम इनरुवा नगरपालिकाले एतिहासिक रुपमा नेपालको शिक्षा ऐन नियमावली अनुरुप ५ वर्षिय प्रअको कार्यकाल हुने नीतिगत व्यवस्था कार्यान्वयन गर्न लागेकोमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौ । केही ठाउँमा पाँच वर्षे प्रअ नियुक्ति पूर्ण रुपमाकार्यान्वयन नगरेको भन्दै अख्तियार दुरुपयोग अनुसंधान आयोगले सम्बन्धित निकायलाई कार्यान्वयन गर्न निर्देशनात्मक आदेश पनि गरेको छ ।

तर इनरुवा नगरपालिकाले प्रअको छनोट प्रकिया यसअघि नै सञ्चालन गर्दा नगर, जिल्ला तथा जिल्ला बाहिरका शिक्षा सम्बन्ध व्यक्ति तथा सरोकारवाला निकायले प्रसंशा गरेको, मधुको र पाएको सर्वविदितै छ । सामाजिक सञ्जालमा इनरुवा नगरपालिकाको ऐतिहासिक कार्यलाई लिएर शिक्षा सम्बन्ध व्यक्तित्वहरु उदाहरणीय कार्य थालनी गरेकोप्रति अन्य पालिकाले समेत अनुसरण गर्नुपर्ने र केहीले थालनी गरी प्रअ नियुक्ति गरिसकेको अवस्था छ ।”

भण्डारीलाई बुझाएको ध्यानाकर्षण पत्रमा भनिएको छ, “इनरुवा नगरपालिकाले प्रअ छनोटको सम्पूर्ण प्रक्रिया पुरा गरी आधारधारभूत तहको शिशु -५) नतिजासमेत प्रकाशन गरेको अवस्था छ। तर हालसम्म नियुक्ति पत्र नदिई सम्बन्धित विद्यालयको जिम्मेवारी दिएको छैन। आधारभूत निमाविमा (शिशु-८) र मावि तहको प्रअको नतिजा प्रकाशन गरेको छैन । यति लामो समयसम्म किन र कसको दबाव र प्रभावले ऐतिहासिक कार्य तथा शैक्षिक गुणस्तरको एक आयामलाई अल्पत्र पारिएको हो, यसप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

अतः प्रकासित भएको नतिजा अनुसार प्र अ हरुलाई नियुक्ति पत्र दिनु पर्ने, बाकी रहेको नतिजा यथासिर्घ प्रकासन गरी योग्यलाइ क्षमता र नतिजा अनुसार नयाँ प्र अ हरुलाई नियुक्ति पत्र दिइ सम्बन्धित विधालयमा जिम्मेवारी दिइ शैक्षिक गुणस्तर र सुशासनको लागि जोडदार माग गर्दछौ।”यसका साथै विगतमा पटक पटक महासंघले बुझाएको माग पत्र, ध्यानार्कषण पत्र र सुझावहरू को कार्यान्वयन गर्न समेत माग गर्दछौं। भनिएको छ।

ध्यानाकर्षण पत्रमा इनरुवा नगरपालिकाको सूचना अनुसार प्रअ नियुक्ति प्रकृया यथासिर्घं प्रकासन गरी नयाँ प्र अ हरुलाई नियुक्ति पत्र दिइ सम्बन्धित विधालयमा जिम्मेवारी दिइ पठाउनुपर्ने भनिएको छ। त्यसैगरी विधालय सुधार योजना (sip) र सामाजिक परीक्षण प्रतिवेदन अधिकाशं प्रअहरुले कपिपेष्ट गरेकोले रकमको दुरुपयोग भएको छ, यसर्थ अनुसंधान गरि कार्बाही गर्न र प्रतिबेदन विधालय, नगरपालिकाको वा वडाको वेवसाइट, पेज तथा आम भेलामा सार्वजनिक गर्नु पर्ने सुझाव दिनु भएको छ।

विधार्थीहरूको मुल्यांकन गर्दा प्रप्ताक भन्दा बढी अंक दिएको, शिक्षकहरूले दिएको अंक र प्रप्ताकं भन्दा बढी अंक दिएर कृतिम नतिजा देखाएको, कतिपय शिक्षकहरूले कपिपेष्ट गरेर अंक दिएकोले उच्च स्तरीय अध्ययन तथा छानविन समिति बनाउनुपर्ने, समितिको छानविन प्रतिवेदनका आधारमा दण्ड तथा पुरस्कारको व्यवस्था गर्नुपर्ने।

छानविन तथा अनुसंधान गरि कार्बाही गरेको प्रतिबेदन सम्बन्धित विधालय, नगरपालिकाको वा वडाको वेवसाइट, पेज तथा आम भेलामा सार्वजनिक गर्नुपर्ने माग समेत गरेको छ। महासंघ अध्यक्ष जयकृष्ण यादवले शैक्षिक सुधार गर्न प्रअहरुको जिम्मेवारी हेरफेर गर्न जरुरी रहेको बताउनु भयो। माग र सुझावहरूको कार्यान्वयन नभएको खण्डमा थप कदम चाल्ने बताइएको छ।