कोशी ब्यारेज पानीको बहाव उच्च, २३ ढोका खोलियो

कोशी ब्यारेज पानीको बहाव उच्च, २३ ढोका खोलियो
सुनसरी वर्षाका कारणले सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ ।

आज बिहान गरिएको मापनमा कोशी ब्यारेज भएर एक लाख ७५ हजार ६८५ क्युसेक प्रतिसेकेण्ड पानीको बहाव मापन गरिएको छ ।

अहिले ५२ मूल र चार नहरको गरेर ५६ ढोकामध्ये २३ खुल्ला गरिएको छ । कोशी ब्यारेज भएर एक लाख ५० हजार भन्दामाथि पानीको बहाव भएपछि सर्वसाधारणलाई सचेत गर्न खतराको संकेतस्वरुप रातो बत्ती बाल्ने गरिएको छ ।