देवानगंजबाट नेपाल प्रहरीले ६० किलो गाँजा बरामद गरेको छ

सुनसरी। जिल्लाको देवानगंज गाउँपालिका ३ खत्वै टोलबाट चेकजाँचको क्रममा प्रहरीले  ६० किलो गाँजा बरामद गरेको छन।

प्रहरी दिएको जानकारी अनुसार शुक्रवार राति ९ बजेको समयमा लागू औषध ओसार पसार भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको प्रहरी टोलीले सुनसरी जिल्लाको देवानगंज गाउँपालिका ३ खत्वै टोलस्थित नहर नजिक चेकजाँचको क्रममा सो  गाँजा बरामद गरेको हो ।

देवानगंजबाट कप्तानगंज तर्फ जाँदै गरेको मोटरसाइकल नम्बर नखुलेको मोटर साइकल पछाडी बोकी राखेको २ वटा सेतो बोरा फाली मोटर साइकल सहित मानिस फरार रहेको छन् उक्त बोरा खोली हेर्दा बोरा भित्र ३ पोका रातो प्लाष्टिकले बेरेको र अर्को बोरामा सेतो प्लाष्टिकमा खुल्ला गरी जम्मा लागू औषध गाँजा जस्तो देखिने पदार्थ ६० के.जी. किलोग्राम फेला पारेको हो।

उक्त गाजा जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान साथै फरार मोटर साइकल र चालकको समेत खोजी गर्ने कार्यतीब्र भइरहेको  जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक  योगराज खतिवडाले जानकारी दिनुभयो