
मोरंगको केराबारी ५ मा पितृ उद्घार अश्वमेध महायज्ञ कोटिहोमको तयारी भएको छ।
सनिबार पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार सुनसरीको धरान उपमहानगरपालिका ६ पानबारी र मोरङको केराबारी ५ को सिमानामा माघ १९ गते पितृ उद्घार अश्वमेध महायज्ञ कोटिहोमको उद्घाटन गर्ने भएको छ ।
महायज्ञ कोटिहोम कार्यक्रमको तयारी बारेमा पत्रकार सम्मेलन गरेको र महायज्ञ कोटिहोमबाट प्रकृति, बाताबरण र शुद्धीकरण हुने धार्मिक आस्था रहेको जनाएको छ।
यहाँ २२ वटा होम कुन्ड मध्ये एक महिनासम्म एक अखण्ड कुण्ड समेत संचालन हुने भएको छ ।
संकल्पकर्ता माता सन्जना शिव बाबा पुत्रीले प्राणी जगतको कल्याण तथा बैदिक सनातन धर्म बचाउ अभियान र कोशी पर्यटन वर्षलाई योगदान गर्न महायज्ञ कोटिहोम गर्न लागेको जानकारी दिनुभएको छ ।
आयोजक शिव बाबा भक्त समाज नेपालका अध्यक्ष रमेश कट्वालले नेपालको ऐतिहासिक स्थानमा हुन लागेको महायज्ञ कोटिहोममा नेपाल, भारत सहित एसियाली मुलुकका धार्मिक पर्यटकहरु आउने जानकारी दिनुभयो।