
सुनसरी। लागू औषध कारोबार भईरहेको विशेष सूचनाका आधारमा सुनसरीको कोशी गाउँपालिका–१, लौकही चौकबाट प्रहरीले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।
लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको संयुक्त टोलीले कोशी गाउँपालिका–२ यादव टोलका ३२ वर्षीय दिनेश कुमार यादव र सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका–८ का २४ वर्षीय रञ्जित कुमार यादवलाई पक्राउ गरेको हो।
जाँचको क्रममा दिनेश यादवको साथबाट ब्राउन सुगर जस्तो देखिने ३६ ग्राम लागू औषध फेला परेको प्रहरीले जनाएको छ। दुबैलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा पठाइएको छ।