कोशी नदी हुँदै तस्करी गर्न लागिएको १० बोरा मदिरा नेपाल प्रहरीद्वारा बरामद

सुनसरी जिल्लाको कोशी गाऊँपालिका ८ कोशी ब्यारेजस्थित कोशी नदी हुदै भारततर्फ तस्करी गर्न लागिएको मदिरा नेपाल प्रहरीले बरामद गरेको छ ।

बिहिबार राति १० वटा बोरामा कोशी नदी हुदै भारततर्फ लैजाँदै गरेको अवस्थामा सो मदिरा प्रहरी चौकी कोशी ब्यारेजबाट प्रहरी बरिष्ठ नायव निरीक्षक बलराम यादवको कमाण्डमा खटिएको टाेलीले बरामद गरेको हो ।

बरामद मदिरामा ब्रिक्स १० वटा बोरामा १२०० सय पिस रहेको छ ।बरामद मदिरा आवश्यक कारबाहीको लागि अंदाजी अठहत्तर हजार रुपैयाँ कायम गरी सम्बन्धित निकायमा बुझाएको प्रहरी बरिष्ठ नायव निरीक्षक बलराम यादवले जनाएकाे छ