
सुनसरीकाे काेशी गाउँपालिकाकाे १९ औं गाउँ सभाको उद्घाटन भएको छ । काेशी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सरीकाे अध्यक्षता र जिल्ला समन्वय समिति सुनसरी प्रमुख राजन मेहताकाे प्रमुख आथित्यतामा सभा उद्घाटन भएको हो ।
गाउँ सभामा विभिन्न विधामा उत्कृष्टलाई सम्मानित गरेको छ । सभामाराजस्व संकलन गरेको भन्दै काेशी १ नम्बर वडा कार्यलयलाई सम्मानित गरिएको छ ।
सुनसरीकाे काेशी गाउपालिकाका ८ वटा वडा मध्ये सबै भन्दा धेरै राजस्व संकलन गरेकोले काेशी १ नम्बर वडा कार्यलयलाई सम्मानित गरिएको हो ।काेशी गाउँपालिकाकाे १९ आै गाउँ सभामा सम्मान पत्र सहित राजस्व संकलनमा उत्कृष्ट भट भन्दै काेशी १ नम्बर वडा कार्यलयकाे सम्मान पत्र वडा अध्यक्ष साेभितलाल यादवलाई प्रदान गरिएको छ ।
सभामा
वडा नम्बर १ वडा कार्यालय सहित उत्कृष्ट कर्मचारी सम्मान बाट जिन्सी शाखा प्रमुख
अधिकृत श्याम किसाेर मण्डललाई सम्मानित गरेको छ ।
कर्मचारी तर्फ शुशिला साह, निर्माण कम्पनी तर्फ
थाेमस कन्ट्रसन एण्ड सप्लायर्सलाई पनि सम्मानित गरिएको छ