सशस्त्र प्रहरीले लोैकहीबाट लागुऔषधसहित दुई युवक पक्राउ गरेको छ 

सुनसरी जिल्लाको कोशी गाउँपालिका१ स्थित लौकहीबाट लागुऔषध सहित दुई जना युवकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ।

भारतबाट नेपालतर्फ आऊदै गरेको प्रदेश २–०१–००२ प ७०१३ नम्बरको डिस्कभर मोटरसाइकललाई चेक जाँच गर्दा लागुऔषधसहित दुई जना युवकलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी निरीक्षक नारायण गौतमले जानकारी दिए।

बीओपी लौकहीबाट सशस्त्र प्रहरी हवल्दार बिनोद घिमिरेको नेतृत्वमा खटिएको टोलीले शंका लागेर चेकजाँच गर्ने क्रममा मोटरसाइकल भित्र लुकाएर राखिएको कालो प्लाष्टिकको पोका फेला परेको हो ।

सो पोकामा १.२० ग्राम तौल भएको खैरो हेरोइन जस्तो देखिने लागुऔषध सहित दुई पक्राउ परेका हो । पक्राउ पर्ने जिल्ला सप्तरीको कन्चनरुप नगरपालिका–८ कन्चनपुर बस्ने २७ वर्षीय सर्वन राम र इनरुवा नगरपालिका–९ बस्ने १९ वर्षीय प्रदिप कुमार यादव रहेका छन्।

उनीहरूलाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यलय सुनसरीको जिम्मा लगाएको सशस्त्र प्रहरी गौतमले बताए।

सशस्त्र प्रहरी सुनसरीका प्रमुख प्रहरी उपरीक्षक एसपी निर्मल थापाले भन्छन्, “सीमावर्ती क्षेत्रमा लागुऔषध नियन्त्रणका लागि सशस्त्र प्रहरीले नियमित गस्ती तथा निगरानीलाई तीव्र बनाएको छ।